अव पेट्रोलबाट होइन पानीबाट चल्छ कार
राजु बिष्ट ¤¤¤¤¤¤¤¤¤¤¤¤¤¤¤¤¤¤¤¤¤¤¤¤¤¤¤¤¤¤¤¤¤
पाकिस्तानका एक इन्जिनियरले यस्तो कारबनाएका छन जो पेट्रोलले होइन्
पानीले चल्द्छ। उनले बनाएको कारले हेर्नेहरुलाई अचम्मित पारिदिएको
छ।पाकिस्तानका इन्जिनियर वकार अहमदले राजधानी इस्लामावादमा बिहिवार सांसद,
वैज्ञानिक र विद्यार्थीहरुको अगाडी आफुले बनाएको पानीबाट चल्ने कार
प्रदर्शन गरेका थिए ।
वकारले इन्धनको रुपमा पानीको प्रयोग गरेर आफ्नो कार चलाएका थिए ।
उनले पेट्रोलको ठाँउमा पानी प्रयोग गर्दे गाडी चलाएपछि प्रत्यक्षदर्शीहरुअचम्मित भएका थिए ।
इन्जिनियर वकारका अनुसार १००० सिसिको कार एक लिटर पानीले ४० किलोमिटर
कुद्न सक्दछ भने मोटरसाइकल १ लिटर पानीले १५० किलोमिटर चल्न सक्दछ ।
पाकिस्तानका प्रधानमन्त्री तथा अर्थमन्त्रीले पनि वकारको परियोजनालाईविशेष
महत्व दिएका छन। साथै पाकिस्तान सरकारले वकारलाई सुरक्षासहित उनको पानीबाट
चल्ने कार बनाउने फर्मुलालाई सुरक्षित राख्ने बताएको छ।