About

blogspot
ASAFAL ZINDAGI KA PANA HARU blockquote>

My Blog List

Friday, July 27, 2012

ओलम्पिक

चीनलाई पछार्ला लण्डनले ?
आजदेखि सुरु हुँदै ओलम्पिक

Sushi,
onlinekhabr
१२ साउन, काठमाण्डौ । चार बर्षअघि चीनको बेइजिङमा गृष्मकालीन ओलम्पिक सुरु हुँदा उसले बिश्वकै ध्यान आकृष्ट गरेको थियो । अदभूत उदघाटन समारोहका कारण उसले बिश्वलाई चकित तुल्याएको थियो ।
ठिक चार बर्षपछि आज साँझ लण्डनमा ओलम्पिकको नयाँ संस्करण उद्घाटन हुँदैछ । सवैको कौतुहलता छ- लण्डनले बेइजिङको भब्यतालाई बिर्साइदेला ?
पूर्वी लन्डनको स्ट्राटफोर्डस्थित रङ्गशालामा स्थानीय समयअनुसार शुक्रबार रातीदेखि ९ बजेदेखि (नेपाली समयअनुसार राती साढे १ बजे) ३० औं गि्रष्मकालीन ओलम्पिक सुरु हुँदैछ । करिब २७ मिलियन पाउण्ड खर्च हुने बताइएको समारोहमा विश्वका एक सय २० राष्ट्र प्रमुखहरुको सहभागिता रहनेछ ।
लण्डनले भब्यताका लागि कुनै कसर बाँकी राख्न चाहेको देखिन्न । उदाउँदो चाइनाको सानअघि पुरानो साम्राज्य बेलायतले आफुलाई अब्बल देखाउने हर प्रयत्न गर्ने छ । चर्चित फिल्म स्लमडग मिलेनियरका निर्देशक डेनी बायलेको रेखदेखमा र निगरानीमा उद्घाटन समारोह हुनेछ । यसको थीम के हुनेछ भन्ने अहिलेसम्म गोप्य राखिएको छ ।
उद्घाटन समारोहमा करिब २५ हजार कलाकार तथा खेलाडीको प्रस्तुतिका साथै गाई, कुखुरा र भेडाको पनि प्रमुख आकर्षण रहने बताइएको छ । ओलम्पिक खेलमा विश्वका २ सय ४ देशले ३६ खेलका बेग्लाबेग्लै ३ सय ४ वटा इभेन्टमा भाग लिनेछन् । रङ्गशालाबाट प्रत्यक्ष ८० हजार दर्शक र विश्वभर १ अर्बभन्दा बढीले टिभीमार्फत उद्घाटन समारोहको अवलोकन गर्ने बताइएको छ ।
यसैबीच नेपालबाट लण्डन ओलम्पिकमा पाँच खेलाडी सहभागि भएका छन् । पौंडीमा श्रेया धिताल र प्रसिद्धजंग शाह, एथलेटिक्समा प्रमिला रिजाल र तिलकराम थारु तथा सुटिङमा स्नेह राणाले लण्डन ओलम्पिकमा सहभागिता जनाउनु भएको छ ।

0 comments:

Post a Comment