आज धेरै दिनको अन्तराल पछि,
पक्कै उस्को साथी भगवान हुनु पर्छ।
कि त उस्ले पा'को बरदान हुनु पर्छ।
त्यसै युद्द कहाँ जीत्न सकिन्छर!
बहादुरी आँट जवान हुनु पर्छ।
रुपै राम्री पनी कहाँ सुन्दर हुन्छ,
अधरमा मीठो मुस्कान हुनु पर्छ।
भन्थे बाऊ बाजे राम्रो काम गरेस्,
नत्र भने फेरि अपमान हुनु पर्छ।
को हुन्छ संक्षम सान अनि घमण्डले,
केहि सिक्न पक्कै अञ्जान हुनु पर्छ।
खुसी खोज्न अन्तै जानै पर्दैन,
सुखी सहयोगी जहान हुनु पर्छ।
पवन घर्ती मगर
हाडहाडे गुल्मी
0 comments:
Post a Comment