About

blogspot
ASAFAL ZINDAGI KA PANA HARU blockquote>

My Blog List

Monday, July 30, 2012

मुख्य सचिव नियुक्तिप्रति असन्तुष्ट सचिवहरुले राजीनामा दिन थाले

मुख्य सचिव नियुक्तिप्रति असन्तुष्ट सचिवहरुले राजीनामा दिन थाले

unn.com.np

काठमाडौ, साउन १५ – सरकारले मुख्य सचिवमा लिलामणी पौडेललाई नियुक्त गरेपछि असन्तुष्ट बनेका सचिवहरुले राजिनामा दिन थालेका छन् । सरकारी निर्णयबाट असन्तुष्ट हुदै निर्वाचन आयोगका सचिव शंकरप्रसाद कोइराला, गृह सचिव शुशील जंगवहादुर राणा र प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका कानुन सचिव त्रिलोचन उप्रेतीले राजिनामा दिनुभएको हो ।


सरकारले वरिष्ठतालाई ध्यान नदिई मुख्य सचिवको बढुवा गरेको भन्दै उहाँहरुले प्रधानमन्त्रीलाई राजिनामा बुझाउनु भएको छ । वरियाताक्रममा सवैभन्दा अघि रहेका कोइरालाले सरकारले आफुभन्दा कनिष्ट ब्यक्तिलाई मुख्य सचिव बनाएकाले समग्र निजामती प्रशासनको मनोबल कमजोर नहोस् भनेर आफूले राजीनामा दिएको कोइरालाले बताउनुभयो । कोइरालाले बुझाएको राजीनामा पत्रमा सरकारको निर्णयले कर्मचारी प्रशासन जस्तो अनुशासित, मर्यादित र व्यवसायी स्थायी संयन्त्र कमजोर तुल्याएको उल्लेख छ ।

राणा र उप्रेतीले पनि सरकारी निर्णयप्रति चित्त नबुझेकाले राजिनामा दिएको बताउनुभएको छ । लोकसेवा आयोगका सचिव श्याम मैनालीले भने मंगलवार पत्रकार सम्मेलन गरि राजिनामा दिने बताउनुभएको छ । बरिष्ठतामा आठौं नम्बरमा रहेका पौडेललाई सरकारले आइतवार मुख्य सचिवमा नियुक्त गरेपछि असन्तुष्ट बनेका अरु सचिवले पनि राजिनामा दिने मनस्थिति बनाएका छन् ।

0 comments:

Post a Comment